Site icon Orange Khabar – News Portal

नख्खु कारागार पुगे प्रदीप खड्का, रवि लामिछानेसँग भयो भेटवार्ता

काठमाडौँ । अभिनेता प्रदीप खड्का नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन्।

विश्वस्त स्रोतका अनुसार खड्का आज नख्खु कारागार पुगेर लामिछानेसँग करिब केही समय भेटवार्ता गरेका हुन्। भेटका क्रममा दुवैबीच पारिवारिक, व्यक्तिगत अवस्था र समसामयिक विषयमा कुराकानी भएको बताइएको छ।

भेटका क्रममा प्रदीप खड्काले रवि लामिछानेलाई मनोबल उच्च राख्न आग्रह गर्दै छिट्टै सत्य बाहिर आउने विश्वास व्यक्त गरेका थिए। जवाफमा लामिछानेले सबैलाई धन्यवाद दिँदै आफू न्यायप्रणालीमाथि विश्वस्त रहेको बताएका थिए।

यस भेटलाई लिएर सामाजिक सञ्जालमा समेत चर्चा सुरु भएको छ। यद्यपि भेटबारे दुवै पक्षबाट औपचारिक प्रतिक्रिया भने आएको छैन।

उल्लेखनीय छ, कलाकार तथा सार्वजनिक व्यक्तिहरूले पछिल्लो समय रवि लामिछानेलाई भेटेर समर्थन र शुभेच्छा व्यक्त गरिरहेका छन्।

Exit mobile version