Site icon Orange Khabar – News Portal

दाङ ३ मा रास्वपाका सुवेदी विजयी

दाङ : दाङ निर्वाचन क्षेत्र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी विजयी भएका छन्।

सुवेदीले निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक गिरीलाई २७ हजार ७९५ मतान्तरले पराजित गरेका हुन्। उनले ४४ हजार २४८ मत प्राप्त गरेका छन् भने कांग्रेसका गिरीले १६ हजार ४५३ मत प्राप्त गरेका छन्।

त्यस्तै, नेकपा एमालेका घनश्याम पाण्डेले १२ हजार १९५, नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर मास्कीले ९ हजार ३२८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दामोदर भण्डारीले १ हजार ५७ मत प्राप्त गरेका छन्।

Exit mobile version