दाङ, २१ चैत । तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स ब्यबसायी समितिको बार्षीक साधारणसभा सम्पन्न भएको छ। समितिका अध्यक्ष थुमन विश्वकर्मा सितलको अध्यक्षता तथा तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीको प्रमुख आतिथ्यता र तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव केशवराज केसीको विशिष्ट आतिथ्यतामा गणेशपुर पार्क मा आज कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ऋषिराज भण्डारीले प्रविधिमैत्री वातावरणका कारण मोबाइल व्यवसायको व्यावसायिकीकरण बढ्दै गएको र व्यवसायमा सहजता आएको बताए। तर, अझै पनि विभिन्न चुनौतीहरू रहेको उल्लेख गर्दै त्यसबाट जोगिन व्यवसायीहरू सचेत हुनुपर्नेमा जोड दिए। उनले व्यवसायिक हितका लागि एकता आवश्यक रहेको उल्लेख गर्दै एकरूपता कायम गर्न र अस्वस्थ प्रतिस्पर्धाबाट टाढा रहन आग्रह गरे । विशिष्ट अतिथि केशवराज केसीले व्यवसाय क्षेत्रमा विभिन्न जटिलताहरू रहेको भन्दै ती चुनौतीहरूलाई सहज बनाउँदै अगाडि बढ्नुपर्ने बताए। उनले उद्योग वाणिज्य संघ व्यवसायीहरूसँगै रहेको पनि स्पष्ट पारे।
समीतीका उपाध्यक्ष ज्योति प्रकाश दाहालको स्वगत मन्तब्य बाट सुरु भयको कार्यक्रममा समितीका नीबर्तमान अध्यक्ष सुरज भण्डारी , ब्यबसाई नारयण भण्डारी लगायतले आफ्नो मनतब्य राखेका थीय भने समितिका महासचिव नवीन ओलीको सहजीकरणमा सम्पन्न भयको थीयो ।
कार्यक्रममा कोषाध्यक्ष रामु बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने महासचिव नवीन ओलीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
नयाँ समिति गठन साधारणसभाबाट तुलसीपुर मोबाइल तथा इलेक्ट्रोनिक्स समितिको नयाँ नेतृत्व चयन गरिएको छ। समितिको अध्यक्षमा रामबहादुर बस्नेत, उपाध्यक्षमा पंकज कशौधन , का उपाध्यक्षमा राम बहादुर वली ,दी उपाध्यक्षमा प्रदीप घीमेरे ,ती. उपाध्यक्षमा रमेश वली ,महासचिवमा नवीन ओली, सह सचीबमा मीन राज वली , कोषाध्यक्षमा नबीन पौडेल , सह कोषाध्यक्षमा दीपक कडेल ,सदस्य हरु मा बिमल भण्डारी ,रबीन वली ,कृष्ण खड्का ,बुद्धी वली ,प्रबीन बस्नेत ,तीलक बस्नेत र दीनेश केसी चयन भएका छन ।
