Site icon Orange Khabar – News Portal

दुईवटा मोटरसाइकल  एकआपसमा ठोक्किए, आगलागी हुदा  तीन जना विद्यार्थीको जलेर ज्यान गयो

जलेश्वर–बर्दिबास सडकखण्ड अन्तर्गत महोत्तरीको बथनाहा क्षेत्रमा दुईवटा मोटरसाइकल  एकआपसमा ठोक्किएर आगलागी हुदा  तीन जना विद्यार्थीको जलेर ज्यान गएको छ

जब दुईवटा मोटरसाइकल जलेश्वर–बर्दिबास सडकखण्ड अन्तर्गत महोत्तरीको बथनाहा क्षेत्रमा एकआपसमा ठोक्किएर आगलागी भएको प्रहरीले जनाएको छ।

यस घटनामा अन्य तीन जना विद्यार्थी गम्भीर घाइते भएका छन्।

घाइतेहरू जिल्ला सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचाररत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिएका छन्।

दुवै मोटरसाइकल पूर्ण रूपमा जलेका छन् र नम्बर प्लेट समेत देखिने अवस्थामा छैनन्।

ठक्करपछि तीनै जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू एसईई परीक्षा दिएर घर फर्किने क्रममा दुर्घटनामा परेका थिए।

घाइतेमध्ये तीन जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

Exit mobile version