Site icon Orange Khabar – News Portal

तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच फुट्सल प्रतियोगिता, जनप्रतिनिधि टोली विजयी

दाङको तुलसीपुरमा जनप्रतिनिधि र पत्रकारबीच मैत्रीपूर्ण फुट्सल प्रतियोगिता भएको छ । तुलसीपुर उपमहानगरपालिका–९ दोघरेमा रहेको लुम्बिनी फ्युचर पाथद्वारा सञ्चालित लुम्बिनी स्मार्ट स्कुलको आयोजनामा आज शुक्रबार मैत्रिपूर्ण फुट्सल प्रतियोगिता भएको हो ।

प्रतियोगितामा विभिन्न वडाका जनप्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो । प्रतिस्पर्धात्मक खेलमा जनप्रतिनिधि टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ५–२ गोलअन्तरले पत्रकार टोलीलाई पराजित गर्दै उपाधि जित्न सफल भएको छ ।

जनप्रतिनिधि टोलीले ५ गोल र पत्रकारबो टोलीले २ गोल गरेको थियो । विजेता जनप्रतिनिधि टोलीलाई मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको विद्यालयका कार्यक्रम निर्देशक कमल भण्डारीले जानकारी दिनुभयो ।

विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि र उत्साह बढाउने उद्देश्यले विद्यालय परिसरमै करिब ७० लाख रुपैयाँको लागतमा फुट्सल निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक वामदेव सापकोटाले जानकारी दिनुभयो । उहाँले विद्यार्थीहरूको मनोभावना बुझ्दै खेलकुदमैत्री वातावरण सिर्जना गर्न फुट्सल निर्माण गरिएको बताउनुभयो ।

Exit mobile version