Site icon Orange Khabar – News Portal

नेपाली कांग्रेस मा सक्रिय रहेका बिमल रिजाल रास्वपामा प्रवेश

तुलसीपुर, २७ वैशाख

तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा समाजसेवी बिमल रिजाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा औपचारिक रूपमा प्रवेश गरेका छन्। पार्टी सभापति रवि लामिछाने ले उनलाई पार्टीको ब्याज लगाएर स्वागत गरेका हुन्।

लामो समय नेपाली कांग्रेस मा सक्रिय रहेका रिजाल महाधिवेशन प्रतिनिधिसमेत थिए । उनले करिब तीन दशक लामो राजनीतिक यात्रा अन्त्य गर्दै यही वैशाख १६ गते कांग्रेस परित्याग गरेको घोषणा गरेका थिए।

व्यक्तिगत तथा व्यवसायिक कारण देखाउँदै पार्टी छोडेको बताएका रिजालले आज राष्ट्रिय स्वतन्त्र पार्टी द्वारा आयोजित कार्यक्रममा सहभागी भई औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्।

रिजालको यो निर्णयलाई तुलसीपुर क्षेत्रको राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

Exit mobile version