Site icon Orange Khabar – News Portal

तुलसीपुरमा निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जना मृत फेला: एकको पहिचान, शव निकाल्ने काम जारी

दाङ, तुलसीपुर।तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरास्थित कमलपोखरी ताल नजिकै निर्माणाधीन एक घरको पानी ट्याङ्कीभित्र दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

मृतकहरूमध्ये एक जनाको पहिचान खुलेको छ। प्रहरीका अनुसार सल्यान घर भई हाल तुलसीपुर वडा नं. ९ दोघरे बस्दै आएका कमल गिरी रहेका छन्। गिरीले घर निर्माणको ठेक्का लिएर काम गर्दै आएका थिए। अर्का मृतक उनका आफन्त रहेको खुले पनि नाम भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

स्थानीयले निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र दुवै जनालाई मृत अवस्थामा देखेएपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी टोली घटनास्थल पुगेको छ।

हाल घटनास्थलमा प्रहरी र स्थानीयको सहयोगमा ट्याङ्कीबाट शव निकाल्ने काम भइरहेको छ। घटनाको यकिन कारण खुल्न सकेको छैन भने शव निकालेपछि थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

Exit mobile version