दाङका प्रतिभा सौरब वलीद्वारा निर्मित चलचित्र ‘लज्जावती’ साउन २९ देखि देशव्यापी प्रदर्शनमा: तुलसीपुरमा साक्षात्कार कार्यक्रम सम्पन्न
दाङका युवा सौरब वलीको प्रस्तुति तथा निर्माणमा बनेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘लज्जावती’ आगामी शुक्रबार (साउन २९ गते / अगस्ट १४) देखि देशभरका सिनेमा घरहरूमा एकसाथ प्रदर्शनमा आउने भएको छ।
‘आहा फिल्म्स’ को ब्यानरमा निर्माण भएको यस चलचित्रलाई राजबहादुर सानेले लेखन तथा निर्देशन गरेका हुन्।
चलचित्र प्रदर्शनको पूर्वसन्ध्यामा चलचित्र पत्रकार संघ दाङ शाखाद्वारा बुधबार तुलसीपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै संघका केन्द्रीय सदस्य ध्रुवराज न्यौपानेले दाङकै माटोमा हुर्किएका कलाकार सौरब वलीको यो प्रयास सम्पूर्ण दङ्गालीका लागि गौरवको विषय भएको बताय ।
प्रेमकथामा बनेको यो चलचित्रले दर्शकको मन जित्ने विश्वास व्यक्त गर्दै उहाँले चलचित्रका दुई गीतहरू यसअघि नै सार्वजनिक भई लोकप्रिय भइसकेको जानकारी दिय ।
कार्यक्रममा चलचित्र पत्रकार संघ दाङका अध्यक्ष निरला अर्यालले कला, संस्कृति र स्थानीय प्रतिभालाई राष्ट्रिय पहिचान दिलाउन सञ्चार जगत्को भूमिका एउटा बलियो पुल सरह हुने उल्लेख गरेकी थीईन ।
चलचीत्रमा मुख्य कलाकारहरू मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला , मेनुका माझी , केशव रिजाल लगायतका कलाकारहरूको दमदार अभिनय देख्न सकिन्छ।
