गाउँपालिका–५ बोटलबारामा गएरातिको पहिरोमा परी मृत्यु हुनेको संख्या ५पुगेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार गएराति पौने ९ बजेघरमाथिबाट अचानक पहिरो खसेको पहिरोले ६ वटा घर तथा गोठ पुरेको थियो ।प्रहरीका अनुसार पहिरोमा परी थबाङ गाउँपालिका–५ का ६० वर्षीय कमल बहादुरपुनमगर, १८ वर्षीय शान्ती पुनमगर, ८० वर्षीया मनखना पुनमगर, ७५ बर्षियदलबहादुर पुन मगर र ८५ बर्षिया हस्तकला रोका मगरको मृत्यु भएको छ ।पहिरोमा परेर दुई जना घाईते भएका छन् ।घाईते हुनेमा सोहि वडाका २२ बर्षिय हिमाल पुन मगर र २५ बर्षिय संजय घर्तीमगर रहेको प्रहरीले जानकारी दिएको छ । यस्तै प्रहरीका अनुसार पहिरोमा परीअझै ८ जना बेपत्ता भएका छन् । वेपत्ता हुनेमा कमल पुन मगरका छोरी ४०बर्षिकी जुन कुमारी पुन मगर, ९ बर्षिय अशिम पुन मगर, ६ बर्षिय अशोक पुनमगर, ७५ बर्षिय डल बहादुर पुन मगर, ८० बर्षिय अजम्बर पुन मगर, ७८ बर्षिय बलबहादुर पुन मगर, ७२ बर्षिय लिल बहादुर पुन मगर र ७१ बर्षिया मनि पुन मगररहेका छन् । घटनास्थलको भौगोलिक विकटता र पहिरोको जोखिम भएकाले खोज तथा उद्धारमा कठिनाइ भएको प्रहरीको भनाई छ ।
