Site icon Orange Khabar – News Portal

तुलसीपुर डान्सिङ स्टारको मञ्चमा Success Academy को ऐतिहासिक सफलता: प्रथम र द्वितीय दुवै उपाधि कब्जा

तुलसीपुर, ३० श्रावण । D Two कला केन्द्रद्वारा आयोजित तुलसीपुर डान्सिङ स्टार प्रतियोगितामा Success Academy का विद्यार्थीले उत्कृष्ट सफलता हासिल गरेका छन्।

प्रतियोगिताको अन्तिम नतिजामा Success Academy की कक्षा ९ मा अध्ययनरत सन्ध्या राना प्रथमएञ्जुली जी.एम. द्वितीय हुन सफल भएका छन्। यससँगै प्रतियोगिताको प्रथम र द्वितीय दुवै स्थान Success Academy का विद्यार्थीले हासिल गरेका छन्।

दुवै विद्यार्थीको सफलताले विद्यालय परिवार, अभिभावक तथा शिक्षकहरूमा खुसी छाएको छ। उनीहरूको यो उपलब्धिलाई विद्यालयले विद्यार्थीको प्रतिभा, निरन्तर अभ्यास, गुरुहरूको मार्गदर्शन र अभिभावकको विश्वासको परिणामका रूपमा लिएको छ।

प्रतियोगिताको मञ्चमा सन्ध्या र एञ्जुलीले प्रस्तुत गरेको नृत्यले निर्णायक तथा दर्शकको ध्यान आकर्षित गरेको थियो। निरन्तरको मेहनत र समर्पणका कारण उनीहरू प्रतियोगिताको शीर्ष दुई स्थानमा पुग्न सफल भएका हुन्।

एउटै प्रतियोगितामा प्रथम र द्वितीय दुवै स्थान आफ्ना विद्यार्थीले हासिल गर्नु Success Academy का लागि गौरवको विषय बनेको छ। विद्यार्थीको प्रतिभालाई अवसर र प्रोत्साहन दिँदै आएको विद्यालयका लागि यो सफलता आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्न प्रेरणा बनेको छ।

Success Academy परिवारले दुवै विद्यार्थीलाई बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।

Exit mobile version