Site icon Orange Khabar – News Portal

‘पैसाकै लागि भए हटाउने थिइनँ’ : विवादित गीतबारे दुर्गेशको कडा स्पष्टीकरण

काठमाडौँ — गायक तथा मोडल दुर्गेश थापाले फिल्म ‘मास्टर्नी’ को विवादित प्रवर्धन गीत युट्युबबाट हटाउनुको पछाडि कुनै कानुनी वा प्रशासनिक दबाब नभई दर्शकप्रतिको सम्मान रहेको स्पष्ट पारेका छन्। नयाँ तीज गीत ‘बिच बिचमा २’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा दुर्गेश र सञ्चारकर्मीबीच यही विषयलाई लिएर तीखो सवालजवाफ भयो।

पत्रकारहरूले गीत निर्माण र हटाउनुको कारणबारे सोधेका प्रश्नको सामना गर्दै दुर्गेशले प्रतिप्रश्न गरे— “गीत विवादित भयो भनेर आजसम्म कसैले गीत प्राइभेट गरेको देख्नुभएको छ?”

उनले आफूले कुनै अदालत, प्रहरी वा सरकारी निकायको पत्रका आधारमा गीत नहटाएको दावी गरे।“मलाई कसैले पत्र काटेर गीत हटाउन भनेको होइन। दर्शकको अनुरोधलाई सम्मान गर्दै आफैँ प्राइभेट गरेको हुँ। यदि पैसाकै लागि बनाएको भए कहिल्यै हटाउने थिइँन,” उनले भने।
गीतमा आफूबाट केही कमजोरी भएको स्वीकार्दै त्यसलाई सच्याउने उद्देश्यले नै युट्युबबाट हटाइएको उनले बताए।साथै, आलोचकहरूले गीतलाई नराम्रो नियतले भन्दा पनि राम्रोसँग नसुनिकन प्रतिक्रिया दिएको हुन सक्ने उनको तर्क थियो।
यसैबीच, दुर्गेशले आफ्नो नयाँ तीज गीत ‘बिच बिचमा २’ परम्परागत शैलीभन्दा भिन्न र युवा पुस्ताले नाच्न मिल्ने गरी तयार पारिएको जानकारी दिए।
Exit mobile version