Site icon Orange Khabar – News Portal

तुलसीपुरको तुल्सी पेट्रोल पम्पमा आगलागी: १ जना घाइते, ठूलो क्षति हुनबाट जोगियो

दाङ, ६ भदौ। तुलसीपुर उपमहानगरपालिका–६ बाहिनी चोकस्थित तुल्सी पेट्रोल पम्पमा आज बिहान आगलागी हुँदा एक जना घाइते भएका छन्।

आज बिहान करिब साढे ५ बजे रा १ ख २५५८ नम्बरको ट्याङ्करबाट पेट्रोल खन्याउने क्रममा काउन्टर रुमबाट अचानक आगो सल्किएको थियो। कोठाभित्र पूजा गर्न अगरबत्ती बाल्नका लागि सलाई कोर्दा सुरु भएको आगो चेम्बरसम्म फैलिएको जनाइएको छ।

आगलागीमा परी पेट्रोल पम्पका म्यानेजर ४२ वर्षीय हुकुम भण्डारी घाइते भएका छन्। तुलसीपुरमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ।

 ट्याङ्कर चालक डिल्ली बहादुर बीस्टले  समयमै सावधानी अपनाएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको छ। स्थानीयवासी र पम्पका कर्मचारीले जोखिम मोलेर समयमै आगो नियन्त्रणमा लिएपछि थप क्षति हुन पाएको थिएन।

Exit mobile version