Site icon Orange Khabar – News Portal

प्रधानमन्त्री विपद् राहत कोषमा लुम्बिनी फ्युचर पाथद्वारा १ लाख २ हजार बढी सहयोग

दाङ, ११ भदौ।
देशका विभिन्न भागमा आएको भीषण बाढी तथा प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै लुम्बिनी फ्युचर पाथ प्रा.लि.ले ‘प्रधानमन्त्री विपद् राहत कोष’मा १ लाख २ हजार २ सय २६ रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीद्वारा सञ्चालित विद्यालयहरूमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको एक दिनको तलब कट्टा गरी संकलित उक्त रकम आज हस्तान्तरण गरिएको हो।

कुन स्कुलबाट कति सहयोग?
  • लुम्बिनी स्मार्ट स्कुल (दोघरे  दाङ): रु. ६०,३३३
  • लुम्बिनी मोडर्न स्कुल (हेमन्तपुर, दाङ): रु. २०,१६३
  • लुम्बिनी आइडल स्कुल (हापुरे, दाङ): रु. २१,७३०
  • जम्मा सहयोग रकम: रु. १,०२,२२६
  • विपद्को यस दुःखद घडीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संस्थाले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्मा परेका नागरिकहरूको राहत, उद्धार र पुनस्थापनाका लागि यो सानो सहयोग पुर्‍याइएको लुम्बिनी फ्युचर पाथ परिवारले जनाएको छ।
Exit mobile version