तुलसीपुर । तुलसीपुरमा रहेका मोबाइल व्यवसायीहरूले बाढीपीडितको राहत तथा उद्धारका लागि आर्थिक सहयोग गरेका छन्।
मोबाइल व्यवसायीहरू आपसमा मिलेर रु. ८७ हजार ५५९ रुपैयाँ ११ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको हो।
हालै आएको बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारको राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले व्यवसायीहरूले रकम सहयोग गरेका हुन्।
विपद्को समयमा आफ्नो व्यवसायसँगै सामाजिक उत्तरदायित्वसमेत निर्वाह गर्दै मोबाइल व्यवसायीहरूले गरेको यो सहयोगले बाढीपीडितलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।
