Site icon Orange Khabar – News Portal

तुलसीपुरमा गन्तव्य कुरियरको शाखा सञ्चालनमा, ‘घरघरबाट सेवा’ दिने लक्ष्य

भदौ १४, तुलसीपुर । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुरिएर सेवा विस्तार गर्ने उद्देश्यसहित गन्तव्य कुरिएर सर्भिस प्रालि.ले दाङको तुलसीपुरमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

तुलसीपुरमा आयोजित एक कार्यक्रमबीच शाखाको उद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रममा पत्रकार, समाजसेवी, व्यवसायी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै गन्तव्य कुरिएरका निर्देशक तिलक केसीले पछिल्लो समय देश तथा विदेशमा रहेका नेपालीहरूबीच कागजात, पार्सल तथा विभिन्न सामग्री आदान–प्रदानको आवश्यकता बढ्दै गएको भन्दै त्यसलाई सहज, सुरक्षित र भरपर्दो रूपमा सेवा दिने उद्देश्यले तुलसीपुरमा शाखा विस्तार गरिएको बताए।

उनले भने, “तुलसीपुर र आसपासका सेवाग्राहीलाई आफ्नै ठाउँबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुरिएर सेवा उपलब्ध गराउने हाम्रो मुख्य उद्देश्य हो। सेवाग्राहीलाई छिटो, सुरक्षित, भरपर्दो र सहज सेवा दिन हामी प्रतिबद्ध छौँ।” केसीले घरदैलोमै पुगेर सेवा दिने लक्ष्य बनाएको पनि बताए ।

तुलसीपुर शाखाको जिम्मेवारी दिपा कुमारी बस्नेत र समीर वलीलाई दिइएको निर्देशक केसीले जानकारी दिए। शाखाले स्थानीय आवश्यकता र सेवाग्राहीको मागअनुसार कुरिएर सेवाको विस्तार गर्दै लैजाने उनले बताए।

यस्तै दाङको तुलसीपुर न्युरोडमा रहेको बुद्धभूमि छापाखानाले गन्तव्य कुरियर सर्भिस प्रा.लि.लाई व्यवसाय सफलताको शुभकामनासहित कदरपत्र प्रदान गरेको छ।

गन्तव्य कुरियरको तुलसीपुर शाखा सञ्चालनमा आएको अवसरमा छापाखानाका सञ्चालक निरज ढकालले कुरियर व्यवसायको सफलताको शुभकामना व्यक्त गर्दै कदरपत्र प्रदान गरे।

ढकालले गन्तव्य कुरियरले आगामी दिनमा सेवा विस्तार गर्दै ग्राहकलाई छिटो, भरपर्दो र गुणस्तरीय कुरियर सेवा प्रदान गर्न सफल होस् भन्ने शुभकामना व्यक्त गरे।

गन्तव्य कुरिएरले तुलसीपुर शाखामार्फत देशका विभिन्न स्थानसँगै विदेशमा समेत कागजात तथा पार्सल पठाउने सेवा उपलब्ध गराउने जनाएको छ। स्थानीयस्तरमै गुणस्तरीय कुरिएर सेवा उपलब्ध भएपछि सेवाग्राहीलाई अन्यत्र धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

गन्तव्य कुरिएरले नेपालका विभिन्न स्थानसँगै जापान, कोरिया, अष्ट्रेलिया, अमेरिका, बेलायत, युरोप, दुबई, कतार, मलेसियालगायतका देशमा समेत कुरिएर सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

व्यवसायको सुरुवाती चरणमै स्थानीय व्यवसायी तथा शुभेच्छुकबाट प्राप्त सम्मान र हौसलाले आफूहरूलाई थप जिम्मेवार भएर सेवा प्रवाह गर्न प्रेरणा मिलेको गन्तव्य कुरियरले जनाएको छ।

Exit mobile version