Site icon Orange Khabar – News Portal

चाडपर्वको संघारमै ताप्लेजुङको दोभान बजार खरानी: आधा घन्टामै लुटियो दर्जनाैं परिवारको खुसी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका– ३, दोभानमा भीषण आगलागी भएको छ। बाक्लो बस्ती रहेको दोभानमा लागेको आगलागीबाट प्रारम्भिक विवरणअनुसार करिब १० वटा घर जलेका छन्।

करिब ५० घरधुरी रहेको बस्तीमा आगलागी भएपछि नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मी तथा स्थानीयवासी आगो नियन्त्रणमा जुटेका छन्।

आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। आगलागीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको जनाइएको छ।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार आगलागी नियन्त्रणका लागि कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको हो।

Exit mobile version