Site icon Orange Khabar – News Portal

सामुदायिक वनमा मृत फेला परेका पुरुषको सनाखत

तुलसीपुर,
१५-माघ/ राधा कृष्ण सामुदायिक वनमा झुण्डिएको अवस्थामा मृत फेला परेका पुरुषको सनाखत भएको छ । दाङको शान्तीनगर गाउँपालिका -७ खैरेनीस्थित राधा कृष्ण सामुदायिक वनमा आइतबार सवा ३ बजेतिर झुण्डीएको अवस्थामा पुरुषको शव फेला परेको थियो ।

मृत फेला पर्नेमा शान्तिनगर ७ का ३४ वर्षीय मधू थापा रहेको प्रहरीले बताएको छ । उनको शव पोष्टमाटमका लागि अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रर्वत केसीले जानकारी दिए ।

Exit mobile version