सल्यानमा  ठुलो पारीनाममा बीस्पोटक सामाग्री फेला
1 min read

सल्यानमा ठुलो पारीनाममा बीस्पोटक सामाग्री फेला

सल्यान  । सल्यानमा ठूलो परिमाणमा विस्फोटक सामग्री फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सल्यान को कम्पाउण्डभित्र भवन निर्माणका लागि जग खन्ने क्रममा ८६ वटा बम फेला परेको प्रहरीले जनाएको छ ।

गत बुधबार दिउँसो करिब साढे १२ बजेतिर शारदा नगरपालिका–३ स्थित प्रहरी कार्यालय परिसरमा सकेट बम जस्तो देखिने शङ्कास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्कता बढाइएको थियो ।

प्रहरीका अनुसार उत्खनन कार्यलाई निरन्तरता दिँदा आज शनिबार बिहान सवा ११ बजेसम्म जम्मा ८६ वटा बम फेला परेको हो । तीमध्ये ८२ वटा सकेट बम, तीन वटा सुतली बम र एक वटा बोतल बम रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक डा.हेमबहादुर के.सीका अनुसार थप उत्खननका क्रममा सात थान रेडियो वेभ उपकरण, करिब ५०० ग्राम विस्फोटक पदार्थ, करिब दुई केजी बम निर्माणमा प्रयोग हुने सामग्री तथा १० मिटर फायरिङ् केबलसमेत बरामद गरिएको छ ।

बम फेला परेपछि तत्कालै नेपाली सेना को सिद्धीबक्स गण सल्यान सँग समन्वय गरी प्रहरी नायब उपरीक्षक डा. के.सीको कमान्डमा १० जनाको प्रहरी टोली परिचालन गरिएको थियो ।

त्यसपछि दिउँसो १ बजे उपसेनानी कृष्ण क्षेत्रीको नेतृत्वमा ६ जनाको नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । उक्त स्थानमा थप उत्खनन गर्दा सोही दिन साँझ सवा ४ बजेसम्म १० वटा सकेट बम फेला परेपछि बम निष्क्रिय पार्न नं. १९ बाहिनी, तुलसीपुर, दाङ बाट बम डिस्पोजल टोली बोलाइएको थियो ।

यसैबीच आज शनिबार बिहान सवा ८ बजेतिर कालीभक्ती गण बाट सेनानी श्रीप्रसाद रामजालीको कमान्डमा ६ जनाको इन्जिनियर टोली तथा सिद्धीबक्स गण सल्यानबाट सेनानी महेश अधिकारीको नेतृत्वमा १० जनाको टोली घटनास्थलमा खटिएको थियो ।

हाल फेला परेका सबै विस्फोटक सामग्रीलाई सुरक्षित रूपमा निष्क्रिय पार्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । शसस्त्र द्धन्द्धको समयमा ठुलो मात्रामा बम राखिएको हुन सक्ने अनुमान गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *