स्थानीय समाचार
निरन्तर वर्षाले ग्वारखोला पुलको पूर्वी भाग भासियो, घोराही–तुलसीपुर सडकखण्ड पूर्ण रूपमा ठप्प*
निरन्तरको वर्षाका कारण दाङको तुलसीपुर र घोराही जोड्ने ग्वारखोला पुलको पूर्वी भाग (सडकतर्फको पहुँच मार्ग) भासिएपछि यातायात आवागमन पूर्ण रूपमा बन्द भएको छ। अविरल वर्षासँगै आएको बाढीले पुल नजिकैको सडकको भाग कटान गरी भासिएकाले सवारी साधन सञ्चालनमा उच्च जोखिम भएपछि आवागमन ठप्प पारिएको हो। सुरक्षा टोली परिचालन:** घटनालगत्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर […]
चाडपर्वको संघारमै ताप्लेजुङको दोभान बजार खरानी: आधा घन्टामै लुटियो दर्जनाैं परिवारको खुसी
ताप्लेजुङको मेरिङदेन गाउँपालिका– ३, दोभानमा भीषण आगलागी भएको छ। बाक्लो बस्ती रहेको दोभानमा लागेको आगलागीबाट प्रारम्भिक विवरणअनुसार करिब १० वटा घर जलेका छन्। करिब ५० घरधुरी रहेको बस्तीमा आगलागी भएपछि नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मी तथा स्थानीयवासी आगो नियन्त्रणमा जुटेका छन्। आगलागीको कारण भने अहिलेसम्म […]
महिला स्कुटर स्लो रेस प्रतियोगिता हुने
तुलसीपुर, दाङ । महिलाहरूको सहभागिता, आत्मविश्वास र सुरक्षित सवारी संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको महिला स्कुटर स्लो रेस प्रतियोगिता सम्बन्धी पत्रकार सम्मेलन आज तुलसीपुरमा सम्पन्न भएको छ। Artistic Entertainment को आयोजनामा हुने प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको उद्देश्य, तयारी, नियम, पुरस्कार तथा सहभागिताका विषयमा जानकारी गराइएको थियो।कार्यक्रममा वरिष्ठ पत्रकार नारायण खड्काको […]
सवारी दुर्घटनामा ज्यान गुमाएकी कल्पना डाँगीको ४५ औँ पुण्यतिथिमा मानव सेवा आश्रममा भोजन दान
दाङ, तुलसीपुर तुलसीपुर–११ कटाहाकी दिवंगत कल्पना डाँगीको ४५औँ दिनको पुण्यतिथिको अवसरमा डाँगी परिवारले मानव सेवा आश्रममा रहेका आश्रितहरूलाई भोजन गराएको छ। कल्पना डाँगीको सम्झनामा परिवारले आश्रममा रहेका १०० भन्दा बढी आश्रितहरूलाई भोजन दान गरेको हो। परिवारले दिवंगतको सम्झनालाई सामाजिक तथा परोपकारी कार्यसँग जोड्दै आश्रममा रहेका सहाराविहीन व्यक्तिहरूलाई खाना खुवाउने कार्यक्रम आयोजना गरेको जनाएको छ। कल्पना […]
भोटेकोशी बाढी पीडितलाई तुलसीपुर उपमहानगरको ठूलो राहत: प्रतिपरिवार रु १ लाख नगद र कक्षा १२ सम्म निःशुल्क शिक्षा
तुलसीपुर दाङ — तुलसीपुर उपमहानगरपालिकाले विनाशकारी भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका आफ्ना नगरबासीका परिवारलाई ठूलो आर्थिक सहयोगका साथै उनीहरूका सन्तानलाई कक्षा १२ सम्म निःशुल्क पढाउने निर्णय गरेको छ। उपमहानगरपालिकाको ५२ औं कार्यपालिका बैठकले बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत स्वरूप जनही १ लाख रुपैयाँका दरले नगद उपलब्ध गराउने निर्णय पारित […]
गिद्ध संरक्षणमा योगदान पुर्याएको भन्दै नेपाल टेलिभिजनका दाङ संवाददाता डाँगी सम्मानित
दाङ १८औँ अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसको अवसरमा गिद्ध संरक्षण तथा जैविक विविधता संरक्षणका क्षेत्रमा योगदान पुर्याउने सञ्चारकर्मीलाई सम्मान गरिएको छ। पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र, दाङको आयोजनामा तथा नेपाल पन्छी संरक्षण संघको सहयोगमा आयोजित ‘गिद्ध संरक्षणका लागि सञ्चारकर्मीहरूको भूमिका विषयक अन्तरक्रिया तथा सम्मान कार्यक्रम’ मा नेपाल टेलिभिजनका दाङ संवाददाता विकास डाँगी सम्मानित भएका हुन्। […]
सामाजिक सञ्जालमा देखेको भिडियोले छोयो मन, विपन्न विद्यार्थीलाई राजु यरीले गरे विद्यालय पोशाक सहयोग
दाङ, २५ भदौ । तुलसीपुर उपमहानगरपालिका १ स्थित श्री बाल प्राथमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत विपन्न विद्यार्थी पुरण रावतलाई फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर ९ बेलुवाका सञ्चालक राजु यरीले विद्यालय पोशाक सहयोग गरेका छन् । रावतलाई यरीले एक जोर विद्यालय पोशाक, पाइन्ट र जुत्ता विद्यालयमै पुगेर सहयोग गरेका हुन् । आर्थिक अवस्था कमजोर रहेका रावत […]
नेसनल प्याब्सन दाङको सातौँ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा भण्डारी निर्वाचित ।
आशिष केसी तुलसीपुर, २२ भदौ ।। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) दाङ जिल्ला कार्य समितिको सातौँ जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । दाङको तुलसीपुरमा सम्पन्न अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गरेको छ । नेसनल प्याब्सन दाङका जिल्ला अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा केन्द्रीय महासचिव […]
त्रिशूली ३ ‘ए’को सुरुङभित्र १० दिनपछि सञ्जय साहको जीवितै उद्धार: अन्यलाई पनि बचाउने आशा पलायो
भोटेकोसी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ए जलविद्युत् आयोजनाको सुरुङमा थुनिएको दसौँ दिन आज शुक्रबार उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहले घटनाका दिन ४५ जनासम्म रहेको बताएका छन्। उद्धारपछि काठमाडौँ ल्याएर अस्पतालमा भर्ना गरिएका साहले संक्षिप्त प्रतिक्रिया दिँदै बाढी आएको दिन ४०-४५ जना रहेको जानकारी दिएका हुन्। ‘म कन्ट्रोल रुममा अपरेटरको काम गर्थेँ। अरू टाइमा ५/६ जना मात्रै हुन्थ्यौँ। […]
सक्सेस एकाडेमीद्वारा मन्दिर सरसफाइसँगै , उपयोगी सामग्री वितरण
तुलसीपुर, १८ दाङ । विद्यार्थीलाई केवल पाठ्यपुस्तकको ज्ञानमा सीमित नराखी सामाजिक उत्तरदायित्व, सरसफाइ र सेवाभावको संस्कार सिकाउने उद्देश्यले सक्सेस एकाडेमीले मन्दिर सरसफाइ तथा उपयोगी सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। तुलसीपुर–९, थर्कुडाँडास्थित शिव मन्दिरमा कक्षा ७ का विद्यार्थीहरूले सरसफाइ अभियान सञ्चालन गर्नुका साथै मन्दिरका लागि आवश्यक कुर्सी वितरण गरेका छन्। विद्यार्थीहरूले मन्दिर परिसरमा रहेको फोहोर […]
