सवारी दुर्घटना न्यूनीकरणका लागि मदन आश्रित चोकदेखि बाहिनी चोकसम्म १५० वटा डिभाइडर राखियो
1 min read

सवारी दुर्घटना न्यूनीकरणका लागि मदन आश्रित चोकदेखि बाहिनी चोकसम्म १५० वटा डिभाइडर राखियो

तुलसीपुर, दाङ।
सडक दुर्घटना न्यूनीकरण तथा व्यवस्थित यातायात व्यवस्थापनका लागि तुलसीपुरको मदन आश्रित चोकदेखि बाहिनी चोकसम्म १५० वटा रोड डिभाइडर राखिएको छ।
अव्यवस्थित सवारी आवागमनका कारण बढ्दै गएको दुर्घटनाको जोखिमलाई कम गर्न र मुख्य बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा उक्त डिभाइडरहरू स्थापना गरिएको हो।
उक्त कार्यका लागि “ज्ञान ज्योति फाउन्डेसन तुलसीपुर, दाङ” ले सामाजिक उत्तरदायित्व अन्तर्गत विशेष सहयोग उपलब्ध गराएको छ।
बजार क्षेत्रमा जथाभावी सवारी मोडिने र तीव्र गतिका कारण हुने सम्भावित दुर्घटना रोक्न डिभाइडरले ठूलो सहयोग पुर्‍याउने ट्राफिक कार्यालयले जनाएको छ। साथै, सडक अनुशासन कायम राख्न र पैदलयात्रीलाई सुरक्षित रूपमा बाटो काट्न पनि यसले सहज बनाउने अपेक्षा गरिएको छ। 
सामाजिक तथा शैक्षिक क्षेत्रमा क्रियाशील ज्ञान ज्योति फाउन्डेसनले सडक सुरक्षा जस्तो संवेदनशील विषयमा पुर्‍याएको सहयोगप्रति स्थानीयवासी, व्यवसायी तथा ट्राफिक प्रहरीले धन्यवाद ज्ञापन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *