1 min read
जातिय अहंकार र विभेदले खोसिएको खुसी: मार्मिक कथा बोकेको नयाँ सांगीतिक कोसेली ‘यता हेरन’ सार्वजनिक
काठमाडौं/दाङ — देवी घर्ती मगर र नन्दू परियारको सुमधुर स्वर तथा आर.के. परियारको शब्द/संगीतमा नयाँ सांगीतिक भिडियो ‘यता हेरन’ सार्वजनिक भएको छ

समाजमा अझै पनि गढेर बसेको जातिय छुवाछुत र यसले प्रेम सम्बन्धमा पार्ने गम्भीर असरको कथा यो गीतमा उतारिएको छ। प्रेमी-प्रेमीकाबीचको चोखो प्रेमलाई ‘जात मिलेन’ भन्दै समाजले अस्वीकार गर्दा उत्पन्न हुने मानवीय वियोग र त्रासदीले दर्शकहरूको मन रुवाएको छ
“हिजो जात नमिल्दा बोल्ने समाज, आज एउटा निर्दोषको ज्यान जाँदा किन चुप छ?” भन्ने सन्देशसहित आएको यो भिडियोले जात र अहंकारभन्दा मानवीय जीवनको मूल्य धेरै माथि हुन्छ भन्ने गतिलो पाठ दिएको छ
