तुलसीपुरको बिरेन्द्र चोकदेखि हात्तीखौवा चोकसम्म पोलहरूमा गाडियो राष्ट्रिय झण्डा
1 min read

तुलसीपुरको बिरेन्द्र चोकदेखि हात्तीखौवा चोकसम्म पोलहरूमा गाडियो राष्ट्रिय झण्डा

तुलसीपुर (दाङ) — दाङको तुलसीपुर बजार क्षेत्रलाई राष्ट्रियताको भावले सजाउने उद्देश्यले बिजुली तथा सडकका पोलहरूमा राष्ट्रिय झण्डा राखिएको छ।

‘शिव सेना नेपाल’को आयोजना तथा ‘हाम्रो नेपाल हामी नेपाली’ र ‘जय जीव दर्शन’को सहकार्यमा बिरेन्द्र चोकदेखि हात्तीखौवा चोकसम्मका पोलहरूमा नेपालको राष्ट्रिय झण्डा लगाइएको हो।

सहरको सौन्दर्यीकरणसँगै आम नागरिकमा देशभक्ति, राष्ट्रिय एकता र स्वाभिमानको सन्देश प्रवाह गर्नका लागि यो अभियान सञ्चालन गरिएको आयोजक पक्षले जनाएको छ। राष्ट्रिय झण्डाले तुलसीपुरको मुख्य बजार क्षेत्रलाई थप आकर्षक र देशभक्तिपूर्ण बनाएको स्थानीयहरूको भनाइ छ।

कार्यक्रममा आयोजक तथा सहकार्य गर्ने संस्थाका प्रतिनिधिहरू, स्थानीय युवा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। आगामी दिनमा पनि यस्तै सामाजिक तथा राष्ट्रिय हितका कार्यहरूलाई निरन्तरता दिइने आयोजकले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *