कञ्चनपुरको बेलौरीमा नाबालकमाथि कुटपिट र अमानवीय व्यवहार: ५ जना पक्राउ, १ फरार
1 min read

कञ्चनपुरको बेलौरीमा नाबालकमाथि कुटपिट र अमानवीय व्यवहार: ५ जना पक्राउ, १ फरार

कञ्चनपुरको बेलौरी नगरपालिकामा एक नाबालकलाई अपहरण गरी खुकुरी देखाउँदै नग्न पारेर कुटपिट तथा अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

बेलौरी नगरपालिका–९ स्थित खजुवावस्ती नजिकैको जङ्गलमा एक नाबालकलाई हात बाँधेर खुकुरी देखाउँदै कुटपिट गरिएको र अभद्र व्यवहार गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय बेलौरी तथा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले घटनामा संलग्न पाँच जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। घटनामा संलग्न मुख्य अभियुक्तमध्येका एक जना भने हाल फरार रहेको र उनको तीव्रताका साथ खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार पुरानो रिसइबी वा विवादका कारण नाबालकलाई नियन्त्रणमा लिई बन्धक बनाएर यातना दिइएको खुलेको छ।

पक्राउ परेकाहरूमाथि अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *