‘पैसाकै लागि भए हटाउने थिइनँ’ : विवादित गीतबारे दुर्गेशको कडा स्पष्टीकरण
काठमाडौँ — गायक तथा मोडल दुर्गेश थापाले फिल्म ‘मास्टर्नी’ को विवादित प्रवर्धन गीत युट्युबबाट हटाउनुको पछाडि कुनै कानुनी वा प्रशासनिक दबाब नभई दर्शकप्रतिको सम्मान रहेको स्पष्ट पारेका छन्। नयाँ तीज गीत ‘बिच बिचमा २’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा दुर्गेश र सञ्चारकर्मीबीच यही विषयलाई लिएर तीखो सवालजवाफ भयो।

पत्रकारहरूले गीत निर्माण र हटाउनुको कारणबारे सोधेका प्रश्नको सामना गर्दै दुर्गेशले प्रतिप्रश्न गरे— “गीत विवादित भयो भनेर आजसम्म कसैले गीत प्राइभेट गरेको देख्नुभएको छ?”
