सामाजिक सञ्जालमा देखेको भिडियोले छोयो मन, विपन्न विद्यार्थीलाई राजु यरीले गरे विद्यालय पोशाक सहयोग
1 min read

सामाजिक सञ्जालमा देखेको भिडियोले छोयो मन, विपन्न विद्यार्थीलाई राजु यरीले गरे विद्यालय पोशाक सहयोग

 दाङ, २५  भदौ ।

तुलसीपुर उपमहानगरपालिका १ स्थित श्री बाल प्राथमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत विपन्न विद्यार्थी पुरण रावतलाई फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर ९ बेलुवाका सञ्चालक राजु यरीले विद्यालय पोशाक सहयोग गरेका छन् ।

रावतलाई यरीले एक जोर विद्यालय पोशाक, पाइन्ट र जुत्ता विद्यालयमै पुगेर सहयोग गरेका हुन् । आर्थिक अवस्था कमजोर रहेका रावत हाल हजुरआमासँग बस्दै आएका छन् ।

सामाजिक सञ्जाल मार्फत पुरण रावतको अवस्थाबारेको भिडियो देखेपछि आफूलाई सहयोग गर्ने इच्छा जागेको यरीले बताएका हुन । “भिडियो देखेपछि पुरणको अवस्था देखेर माया लाग्यो ।

त्यसैले आफ्नो खाजा खर्च कटाएर भए पनि सहयोग गर्ने सोच बनाएँ,” यरीले भने । विद्यालयका प्रधानाध्यापक प्रकाश पाण्डेका अनुसार पुरणको आर्थिक अवस्था कमजोर छ र उनी हाल हजुर आमासँग बस्दै अध्ययन गरिरहेको र उनी पढाईमा समेत राम्रो रहेको बाताएका छन् ।

आर्थिक अभावका बीच विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीलाई सहयोग गरेको भन्दै प्रधानाध्यापक पाण्डेले विद्यालयको तर्फबाट राजु यरीप्रति धन्यवाद व्यक्त गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *