1 min read
दूध उत्पादक किसानले भुक्तानी नपाएको भन्दै बिहीबार देशभरि आन्दोलन
१७ फागुन, दूध उत्पादक किसानले भुक्तानी नपाएको भन्दै बिहीबार देशभरि आन्दोलन गरेका छन् । भुक्तानी नपाएको भन्दै केन्द्रीय दूध उत्पादक सहकारी संघको आह्वानमा ६४ जिल्लाका दूध सहकारी संघले आन्दोलन गरेका हुन् ।
केन्द्रीय संघले फागुनमा ७ मा घोषणा भएको कार्यक्रम अनुसार बिहीबार देशभरि दूध किसानले राजमार्गबाट सरकारको विरोध गरेका हुन् । बिहान १० बजेदेखि १२ देशका राजमार्गमा चक्काजाम भएको थियो । यसअघि संघले १३ फागुनमा राजनीतिक दलका शीर्ष नेता र प्रमुख सचेतकलाई मागपत्र बुझाएको थियो । यस्तै १४ र १५ मा ७७ जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदै ज्ञापनपत्र बुझाएको थियो । संघले २१ फागुनमा केन्द्रीकृत वृहत् किसान आन्दोलन गर्ने भन्दै काठमाडौं माइतीघरमा भेला हुने जनाएको छ ।
