धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी सम्पर्कविहीन
कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी सम्पर्कविहीन भएकी छिन् । मेयर हमालकी जेठी छोरी आरती हमाल सोमबार भारतको जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कविहीन भएको मेयर हमालले सामाजिक सञ्जालमा लेखेका छन् ।

आरती ओशो साधक हुन् । केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी उनी सम्पर्कविहीन भएपछि खोजिदिन हमालले आग्रह गरेका छन् ।
‘हिजोदेखि जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कविहीन भएकी उनको साथीबाट खबर आएकाले गोवा बस्नुहुने शुभचिन्तक दाजुभाई दिदीबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु,’ मेयर हमालले फेसबुकमा लेखेका छन्।
साथै, आरतीको खोजी गर्न कान्छी छोरी आर्जु र ज्वाइँ राति नै प्लेनमा गोवा जाने उनको भनाइ छ ।

