रास्वपाका सांसद पोखरेलले मागे माफी
1 min read

रास्वपाका सांसद पोखरेलले मागे माफी

        प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलले सामाजिक सञ्जालमा सार्वजनिक भएको एक विवादास्पद भिडियोप्रति क्षमायाचना गरेका हुन ।उनले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत घटनाको पूर्ण सन्दर्भ नबुझी आंशिक दृश्य मात्र सार्वजनिक हुँदा वास्तविकता त्यस्तो नभएको उल्लेख गरेका हुन ।

पोखरेल वैशाख ९ गते खिजिदेम्बा गाउँपालिका–२ रानीस्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयमा जिल्ला वासीसँग भेटघाट, अन्तर्क्रिया तथा स्थानीय अवस्था बुझ्ने उद्देश्यले पुगेको बेला प्रधानाध्यापक गेटसम्म स्वागत गर्न नआएको भन्दै उहाले आक्रोश व्यक्त गरेको भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो ।

विज्ञप्तिमा उनले सार्वजनिक जीवनमा रहँदा बोली, व्यवहार र संयम उच्च स्तरको हुनुपर्ने स्वीकार गरेका हुन । मेरो अभिव्यक्ति वा व्यवहारले कसैको आत्मसम्मान र भावनामा चोट पुगेको भए हृदयदेखि क्षमायाचना गर्दछु उनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यस घटनापछि उहाकै दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले उनको व्यवहारप्रति व्यंग्यात्मक टिप्पणी गर्नुभएको थियो भने सामाजिक सन्जाल मार्फत चौतर्फी आलोचना भएपछि सांसद पोख्रेलले औपचारिक रूपमा माफी माग्नु भएको छ । पोखरेलले आफू जनताको सेवकका रूपमा सदैव जिम्मेवार र मर्यादित रहने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा अझ संयमित र संवादमुखी भएर काम गर्ने बताएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *