तालमा डूबेर दाङको तुलसीपुरमा नवराजको मृत्यु
1 min read

तालमा डूबेर दाङको तुलसीपुरमा नवराजको मृत्यु

दाङ,१२ बैशाख । तुलसीपुर उपमहानगरपालिका- १७ रत्न उद्यान नजिकै निर्माणाधीन तालमा डुबेर १९ वर्षीय नवराज बिकको मृत्यु भएको छ ।

साथीहरूसँग पौडी खेल्न गएका उनी पौडी खेल्न नजान्दा डुबेका हुन् । साथीहरूले उद्धार प्रयास गरे पनि सफल हुन सकेनन् ।

घटना पछि ईलाका प्रहरी कार्यालय तुलसीपुर बाट प्रहरी टोली पुगेर स्थानीय र विपद् व्यवस्थापन टोलीको सहयोगमा शव निकालिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *