दाङ् को तुलसीपुरमा पहिलोपटक खुल्यो  मोबाइल रिपेरिङ तथा ट्रेनिङ सेन्टर
1 min read

दाङ् को तुलसीपुरमा पहिलोपटक खुल्यो मोबाइल रिपेरिङ तथा ट्रेनिङ सेन्टर

रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला स्वदेशमै सम्भावना खोज्दै तुलसीपुरका युवाहरूले व्यावसायिक लगानी सुरु गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का तीन जना युवाले सामूहिक लगानीमा तुलसीपुरमा ‘एबिसी मोबाइल रिपेरिङ तथा ट्रेनिङ सेन्टर’ सञ्चालनमा ल्याएका हुन् ।

विगत ९ वर्षदेखि मोबाइल व्यवसायको क्षेत्रमा अनुभव बटुलेका चुडामनी शर्मा, आकाश खनाल र बिमल  भण्डारीले करिब २० लाख रुपैयाँको लागतमा सो सेन्टर सञ्चालनमा ल्याउनुभएको हो । सेन्टरको सोमबार एक समारोहका बीच उद्घाटन गरिएको छ ।

युवाहरूलाई मोबाइल मर्मतको क्षेत्रमा दक्ष र आत्मनिर्भर बनाउँदै व्यावसायिक बनाउने उद्देश्यले ट्रेनिङ सेन्टर स्थापना गरिएको सञ्चालक चुडामनी शर्माले जानकारी दिनुभयो ।

यस सेन्टरले मोबाइल मर्मत सेवा मात्र नभई नयाँ पुस्तालाई प्राविधिक रूपमा सक्षम बनाउन तालिम समेत प्रदान गर्ने उहाँले बताउनुभयो । आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचका साथ सुरु गरिएको यो व्यवसायले स्थानीय स्तरमा सीप र स्वरोजगार दुवैलाई बढावा दिने विश्वास लिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *