रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका १६२ जनाको शव विभिन्न ८ जिल्लाबाट फेला परेको छ।नेपाल प्रहरीले बिहीबार बिहान ५ बजे सार्वजनिक गरेको अद्यावधिक बुलेटिनअनुसार बाढीले बगाएर ल्याएका शवहरू फरक-फरक स्थानमा भेटिएका हुन्।
प्रहरीका अनुसार सबैभन्दा धेरै चितवन जिल्लामा ६४ जनाको शव फेला परेको छ।
जिल्लागत विवरण यसप्रकार छ:
चितवन:६४ ,धादिङ:२७ नवलपरासी (बर्दघाट सुस्ता पूर्व):२६ गोरखा:२० ,नुवाकोट:१२ , तनहुँ:९ , रसुवा:२ , नवलपरासी (बर्दघाट सुस्ता पश्चिम):२
बाढीप्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली लगातार उद्धार तथा बेपत्ता भएकाहरूको खोजी कार्यमा खटिएको छ। नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।