स्थानीय समाचार
बसले मोटरसाइकललाई ठक्करदिँदा चालकको मृत्यु
दाङ : तुलसीपुरबाट काठमाडौं जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्री बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। गोग्लीबाट घोराहीतर्फ जाँदै गरेको लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिँदा घोराही उपमहानगरपालिका १७ निवासी २३ वर्षीय सौगात ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख किरणप्रकाश मल्ले जानकारी दिए। मोटरसाइकलमा सवार रहेका तुलसीपुर […]
दाङको तुलसीपुर सल्यान सडक खण्ड दैनिक ७ घण्टा बन्द
तुलसीपुर२६ चैत राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर सल्यान सडक खण्ड दैनिक ७ घण्टा बन्द हुने भएको छ । राम्रीदेखि कपुरकोटसम्म सडक चौडा गराउनका लागि ठाउँ ठाउँमा नयाँ कटिङ गर्नुपर्ने भएकाले चैत २६ गते आज देखि बैशाख १६ गतेसम्म दिउँसो र राति गरेर २ चरणमा सडक बन्द हुने भएको हो । दिउँसो १२ बजेदेखि ४ बजेसम्म […]
बस एकआपसमा ठोक्किदा १३ जना घाइते:
दाङ : दाङकाे देउखुरीमा बस एक आपसमा ठोकिँदा १३ जना यात्रु घाइते भएका छन । लमही नगरपालिका -३ वनगाउँमा दुइवटा बस एक आपसमा ठोक्किदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए । बुटवलबाट सुर्खेतका लागि गुडेको लु१ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवलका लागि गुडेको रा १ ख २५८१ नम्बरको […]
एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा गरे अक्षयकोष स्थापना
दाङ : नारायणपुरस्थित श्री सिद्ध रत्ननाथ माविका एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । सोमबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् ।गरिब तथा जेहेन्दार विद्यार्थीलाई पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यका साथ एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । कार्यक्रममा बोल्दै कार्यक्रमका […]
राप्ती प्रादेशिक अस्पतालमा बिरामीलाई सेवा लिन सकस
दाङ : दाङको राप्ती प्रादेशिक अस्पतालमा सेवा लिन आउने बिरामीहरूले सहज रुपमा सेवा नपाएको गुनासो गर्दै आइरहेका छन् । पछिल्लो समय अस्पतालमा बिरामीहरूको संख्या बढ्दै गइरहेको छ । बिरामीले टिकट काट्ने ठाउँदेखि डाक्टर र ल्याबको रिपोर्ट ल्याउन पनि घन्टौँ लाइनमा बस्न बाध्य हुन्छ । ५० बेडको स्वीकृत पाएर सञ्चालन भइरहेको अस्पतालमा अहिले दैनिक ५ / […]
श्रीमान श्रीमती घाँटी रेटिएको अवस्थमा फेला
१९ चैत्र, बाँके । खजुरा गाँउपालिका वडा नं. ३ बी गाँउमा श्रीमान् श्रीमती घाँटी रेटिएको अवस्थामा फेला परेका छन । महेन्द्र रावत र गीतासिंह ठकुरीको धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा घरमा फेला परेका प्रहरीले जनाएको छ । गम्भिर अवस्थामा रहेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय धनौलीले उपचारका लागि नेपालगञ्ज स्थित भेरी अस्पताल पठाइएको थियो । जस […]
करिब ६ किलो चरेससहित दाङकी आशा बर्दियामा पक्राउ
दाङ : दाङकी एक महिला ६ किलो चरेससहित बर्दियामा पक्राउ परेकी छन् । सोमबार बढैयाताल गाउपालिका २ स्थित फुटाहा चोकबाट दाङको लमही नगरपालिका– ४ की ४५ वर्षीया आशा चौधरी पक्राउ परेकी हुन । नेपालबाट भारतको बलेगाउँ तर्फ जाँदै गरेकी उनको साथबाट चेकजाँचका क्रममा प्रहरीले करिब ६ किलो चरेस बरामद भएको जानकारी दिएको छ । चौधरीको […]
देउवाले गरे दिवंगत नेता खुमबहादुरको प्रशंसा
शरद रेग्मी, दाङ १६-चैत/ नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर खड्का विरुद्ध झुट्ठा मुद्धा लगाएर फसाइएको दावी गरेका छन् । दाङ लमही नगरपालिका–९ अमिलियामा दिवंगत नेता खड्काको पूर्णकदको सालिक अनावरण गर्दै सभापती देउवाले खड्कालाई भष्ट्राचारको झुठ्ठो मुद्धामा फसाइएको दावी गर्दै खड्का देशको सच्चा सपुत भएको समेत बताए । `उनलाई षडयन्त्र पूर्ण तरिकाले जेल […]
मोटरसाईकल पसल भित्र छिर्दा ३ जना घाइते
१२ चैत दाङको तुलसीपुर ७ प्रसेनीमा मोटरसाईकल दुर्घटनामा ३ जना घाइते भएका छन। तिब्र गतिमा आएको मोटरसाईकल पसल भित्र छिर्दा दुर्घटनामा परेको हो। सोमबार विहान साढे १० बजेतिर बिजौरी देखी तुलसीपुर तर्फ जादै गरेको रा २ प ७१७३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पसलमा छिरेको हो । प्रसेनीमा पसल गर्दै आईरहेका लोक बहादुर हलवाईको पसलमा मोटरसाइकल […]
करेन्ट लगेर एकै परिवारका तीन जनाको मृत्यु
दाङको देउखुरीमा करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका ३ तल्लो मसुरिया चोकमा आज शनिबार दिउँसो करिब दुई बजेको समयमा विद्युतको तार चुडिएर करेन्ट लाग्दा एकै घरका तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । करेन्ट लाग्दा सोही ठाउँ निवासी ५५ वर्षीया दिलसरा केसी, उनका श्रीमान ६० […]
