मुख्य समाचार
छतबाट लडेर तुलसीपुर एक जानको मृत्यु
तुलसीपुर,१३ चैत । छतबाट लडेर मृत्यु भएका पूर्व राष्ट्रियसभा सदस्य तथा नेकपा एमालेका केन्द्रिय सदस्य कोमल वलीका वुवा ललितबहादुर वलीको अन्त्येष्टी गरिएको छ । शुक्रबार विहान १० बजेतिर तुुलसीपुर उपमहानगरपालिका–६ स्थित आफनै दुई तले घरको छतबाट खसेर मृत्यु भएका ८५ बर्षीय वलीको अन्त्यष्टी गरिएको हो । उनको शितलपुर बबई घाटमा अन्त्यष्टी गरिएको हो । बुवाको […]
एनएमबी बैंकको सहयोगमा भेरिगङ्गामा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण
भेरिगङ्गा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यले “अपाङ्गता रूपान्तरण तथा पुनर्स्थापना साझेदारी कार्यक्रम” सम्पन्न गरिएको छ। सामाजिक विकास मन्त्रालयको आयोजना तथा एनएमबी बैंक, करुणा फाउन्डेसन नेपाल र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको सहकार्यमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो। कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई दैनिक जीवन सहज बनाउन आवश्यक सहायक सामग्रीहरू वितरण गरिएको छ। यस्ता […]
एम्बुलेन्समाथि आक्रमण, चालकमाथि कुटपिट र सवारी तोडफोड
सल्यान जिल्लाको कुमाख गाउँपालिकाको एम्बुलेन्समाथि सुर्खेतमा अज्ञात समूहले आक्रमण गरेको छ। बिरामी र एक जना कुरुवा बोकेर चौरजहारीबाट नेपालगञ्जतर्फ जाँदै गरेको उक्त एम्बुलेन्सलाई गएराति करिब ११ बजेतिर सुर्खेतको भेरीगङ्गा नगरपालिका–रामघाट/राताचौर क्षेत्रको सडकमा रोकेर आक्रमण गरिएको हो। लठ्ठी र ढुङ्गा लिएर आएका अज्ञात व्यक्तिहरूले एम्बुलेन्स चालक वसन्त शर्मामाथि हातपात गर्नुका साथै एम्बुलेन्समा समेत तोडफोड गरेका छन्। […]
तुलसीपुरमा टिप्परको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु
दाङ,५ चैत । दाङको तुलसीपुर ९ दुधेनामा टप्परको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । विहीबार साँझ ७ बजेतिर तुलसीपुर ९ दुधेनाको चमिखोला नजिकै रा १ ख २३०८ नम्बरको टिप्परले ठक्कर दिदा महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार मृत्यु हुनेमा रा ७ प ६३३१ […]
तुलसीपुरमा घातक रोग सुरक्षा योजनाबाट बीमितलाई ३ लाख ८४ हजार रुपैयाँ भुक्तानी
दाङ, तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका १२ टरीगाउँ निवासी टेकु भुसाल लाई घातक रोग सुरक्षा योजना अन्तर्गत बीमा रकम प्रदान गरिएको छ। भुसालले करिब तीन वर्ष अघि आफ्नो छोरा देवराज भुसालको ४ लाख रुपैयाँ बराबरको “सिटिजन बाल भविष्य जीवन बीमा योजना” गरेकी थिइन। सोही योजनासँग सम्बन्धित घातक रोग ( क्यान्सर रोग आफुलाइ लागेपछि) सुरक्षा योजना अन्तर्गत […]
दाङ १ मा रास्वपाका पाठक बिजयी
दाङको निर्वाचन क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार देवराज पाठक फराकिलो मतान्तर सहित बिजयी भएका छन । उनले नेपाली काङ्ग्रेसका सह– महामन्त्री योगेन्द्र चौधरीलाई २७ हजार ३२२ मतान्तरले हराएका हुन । पाठकले ४२ हजार ६ २ मत प्राप्त गरि विजयी भएका हुन्, भने काङ्ग्रेसका चौधरीले १५ हजार २ ८० मत प्राप्त गरेका […]
दाङ ३ मा रास्वपाका सुवेदी विजयी
दाङ : दाङ निर्वाचन क्षेत्र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी विजयी भएका छन्। सुवेदीले निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक गिरीलाई २७ हजार ७९५ मतान्तरले पराजित गरेका हुन्। उनले ४४ हजार २४८ मत प्राप्त गरेका छन् भने कांग्रेसका गिरीले १६ हजार ४५३ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा एमालेका घनश्याम पाण्डेले १२ हजार १९५, […]
निर्वाचन शान्तिपूर्ण बनाउन प्रशासनको कडा निर्णय: दाङमा मदिरा प्रतिबन्ध
दाङ, १५ फागुन । जिल्ला प्रशासन कार्यालय दाङ ले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष, भयमुक्त र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन जिल्लाभर मदिराजन्य वस्तु बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ। कार्यालयले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार फागुन २१ गते आइतबार हुने निर्वाचनलाई मध्यनजर गर्दै फागुन १५ गतेदेखि निर्वाचनको अन्तिम मतपरिणाम घोषणा नभएसम्म दाङ जिल्ला […]
संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प
१५ फागुन, काठमाडौं । संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान भूकम्प गएको छ । बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास थियो । भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको थियो । प्रारम्भिक […]
तुलसीपुरमा एमालेको झण्डा जलाइएको घटना : एक जना पक्राउ, आरोप–प्रत्यारोप जारी
दाङ, तुलसीपुर : तुलसीपुरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को चुनाव चिह्न सूर्य अंकित झण्डा जलाइएको घटनाले राजनीतिक तरंग सिर्जना गरेको छ। उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ। घटनापछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता संलग्न रहेको आरोप लगाएको छ। एमालेले […]
