एचआर मगर  टीका सानुको पहलमा चन्द्रलाल बिकको घर शिलान्यास
1 min read

एचआर मगर टीका सानुको पहलमा चन्द्रलाल बिकको घर शिलान्यास

तुलसीपुर । अनलाइन टिभि पत्रकार संघ नेपाल दाङ शाखा र लोकदोहोरी गायिका टीका सानुको पहलमा तुलसीपुर वडा नं. १६ मा कोठा भाडामा बस्दै आएका चन्द्रलाल बिकको घर शिलान्यास गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्ष राम बहादुर जीसी र गायिका टिका सानुले संयुक्तरुपमा सिलान्यास गरेका हुन् । शनिबार एक कार्यक्रम गरी तुलसीपुर ७ पर्सेनीमा बिकको घरको शिलान्यास गर्दै वडा अध्यक्ष जीसीले आफुले पाउने सेवा सुविधाबाट सिमेन्ट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
त्यस्तै लोकदोहोरी गायक मान सिंह खड्काले दुइ हजार सहयोग गरेका छन् । उनले बिक परिवारलाई सक्दो सहयोग गरिदिन सबैमा अनुरोध गरेका छन् । सो अबसरमा बोल्दै गायिका टीका सानुले बिपन्न, गरिब परिवारलाई आफ्नो पहलमा सहयोग गर्न पाउँदा आफू निकै खुशी भएको बताएकी छिन् । बिकको घर निर्माणको लागि पनि आफुसँग पर्याप्त रकम नभएता पनि विभिन्न ब्यक्ति तथा संघसंस्थाबाट सहयोगको अपेक्षा गर्दै घर शिलान्यास गरिएको बताइन् ।
गायिका टिका सानुका अनुसार घर शिलान्यास गर्दा दुर्इ लाख दस हजार रुपैयाबाट सुरु गरेको छ । साथै विभिन्न क्षेत्रमा काम गर्दै आएको संस्था छाया नेपालले सहयोग गर्ने बताएको छ ।
नेपाली गीत संगित क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी टीका सानूले पछिल्लो समयमा सामाजिक सेवामा अग्रसर देखिन्छिन्।अनलाइन टिभि पत्रकार संघ दाङका अध्यक्ष एचआर मगर र गायिका टिका सानुको पहलमा केही महिना अघि चन्द्रलाल बिकको परिवारलाई २ लाख ५९ हजार आर्थिक सहयोग गरिएको थियो । अनलाईन टि भि पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष एचआर मगरको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अनलाईन टिभि पत्रकार संघ दाङका सचिव भिम बहादुर वलीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *