दाङको तुलसीपुरमा बस दुर्घटना हुँदा २८ जना घाइते
1 min read

दाङको तुलसीपुरमा बस दुर्घटना हुँदा २८ जना घाइते

तुलसीपुर
१५-पुस/ दाङको तुलसीपुरमा बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । आइतबार बिहान करिब ७ बजेतिर तुलसीपुर १३ भन्ज्याङस्थित बर्दियाको मैनापोखरबाट दाङको दंगीशरण २ चखौँरा अवलोकन भ्रमणका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस दुर्घटना हुँदा २८ जना घाइते भएको प्रहरीले बताएको छ ।

घाइते हुनेहरुमा बढैयाताल गाउँपालिका ६ मैनापोखर निवासी ४० वर्षिय धर्म नेपाली, ९ वर्षिय रक्षा थारु, ११ वर्षिय आदित्य थारु, ३३ वर्षिय बसन्ती थारु, ३३ वर्षिय सियारानी थारु, ३० वर्षिय रिता थारु, ६ वर्षिय अनुष्का थारु रहेका छन् ।

त्यस्तै ४० पुष्पकुमारी थारु, ४० वर्षिय दामी थारु, ४० वर्षिय कस्तुरीया थारु, १४ वर्षिया सरु थारु, ३५ वर्षिय रुपा थारु, ४२ वर्षिय सन्तराम थारु (चालक), ५ वर्षिय सिद्धार्थ थारु, ५६ वर्षिया मोहीनी थारु, ४० वर्षिया सुन्दरी थारु, ३ वर्षिया आशिका थारु रहेका छन् ।

त्यस्तै ३७ वर्षिय सरोज कुमार थारु, २५ वर्षिय राजकुमार थारु, ५७ वर्षिय हरेकराम थारु, २५ वर्षिया सिजृना थारु, ४९ वर्षिया धन्जु चौधरी, २२ वर्षिया जुना थारु, २६ वर्षिया प्रविन थारु, १५ वर्षिया सर्मिला थारु, ४० वर्षिय विष्णु थारु रहेका छन् ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । घाइतेको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । बसमा ४५ जना सवार रहेका थिए । अन्य घाइतेहरुलाई घटनास्थलबाटै उपचारका लागि बाँके पठाइएको प्रहरीले बताएको छ ।

सडकमा एक जना जोगिको भेषमा आएको मान्छेलाई बचाउन खोज्दा बस दुर्घटना भएको बस चालक सन्तराम थारुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *