बसकाे ठक्करबाट विद्यार्थीको मृत्यु, प्रहरी को गाडी मा ढुङ्गा प्रहार
1 min read

बसकाे ठक्करबाट विद्यार्थीको मृत्यु, प्रहरी को गाडी मा ढुङ्गा प्रहार

दुधरास,१६ पुस । दाङमा बसकाे ठक्करबाट विद्यार्थीको मृत्यु भएको छ ।

तुलसीपुरबाट घोराहीतर्फ जादैगरेको यात्रु बहाक बसले ठक्कर दिदा दुधरास स्कुलमा कक्षा ३ मा अध्ययनरत ८ वर्षीय उत्तम चौधरीको घटना स्थलमै मृत्यु भएको हो।

सोमबार दिउँसो ४ बजेतिर भे १ ख ३६९७ नं. को बसले तुलसीपुर १७ घर भएका बालकलाई स्कुलबाट घर फर्किने क्रममा स्कुल अगाडी ठक्कर दीयको  हो ।

दुर्घटना पछि  घोराही-तुलसीपर सडक खण्ड अवरुद्ध  भयको छ । साथै विद्यार्थी तथा अभिभावकहरुले ठक्कर दिने गाडी तोडफोड गरेका छन् भने प्रहरीको भ्यानमा समेत तोडफोड गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *