दंगीशरणमा पुस २७ र २८ गते माघी महोत्सव लाग्ने
1 min read

दंगीशरणमा पुस २७ र २८ गते माघी महोत्सव लाग्ने

दाङ :  दाङको दंगीशरणमा माघी सांस्कृतिक महोत्सव लाग्ने भएको छ । थारू समुदायको कला संस्कृति प्रबर्द्धन गर्ने उद्देश्यले गाउँपालिकाको आयोजनामा यही पुस २७ र २८ गते महोत्सवको आयोजना गर्न लागिएको हो । थारू भाषा, कला, संस्कृति लोप हुँदै गइरहेको अवस्थामा संरक्षण र प्रबर्द्धन गर्ने उद्देश्यले माघी सांस्कृतिक महोत्सव आयोजना गर्न थालिएको माघी महोत्सव मूल समितिका संयोजक तथा वडा नम्बर ३ का वडा अध्यक्ष सुकलाल चौधरीले जानकारी दिए ।

महोत्सवमा थारू नृत्यहरू ढोलाहा नाच, कठघोरी नाच, लठवा नाच, सोरठी नाच, गर्या नाच, थारू हस्तकलासँगै थारू परिकार, माछा, घोँगी, गङ्गटा, सुँगुरको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटीलगायतका विभिन्न परिकारहरू उपलब्ध रहने भएका छन ।

साथै थारू केन्द्रीय तथा जिल्ला स्तरका कलाकारहरूको प्रस्तुति समेत रहने भएको छ । संयोजक चौधरीका अनुसार महोत्सवको तयारीलाई तीब्र पारिएको छ । अहिलेसम्म ७ वटा वडाका गरी ६४ वटा नृत्य दर्ता भइसकेको बताएका छन । २ दिनसम्म चल्ने माघी महोत्सवमा सहभागी भइदिन आयोजकले सबैलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *