कुलमान घिसिङलाई हटाउनुपर्ने आवश्यकता महसुस नगरेको छैन:मन्त्री खड्का
कात्तिक ८ काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनुपर्ने आवश्यकता आफूले महसुस नगरेको बताएका छन्।
बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अहिलै हटाउनुपर्ने आवश्यकता आफूले महसुस नगरेको बताएका हुन् ।
आफुले आफ्नो नीति, योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएको र कुलमान घिसिङलाई हटाउनुपर्ने आवश्यकता भएको भए यत्रो समय नलाग्ने पनि बताएका हुन् ।
यस्तै मन्त्री खड्काले ‘उहाँले पनि यस्तो महसुस गर्नु भएको छैन होला, महसुस गर्नु भएको छ त?’ भनेर घिसिङलाई सोधे
यस्तै खड्काले आफुले मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिनको अवधिमा ९८ प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको समेत दाबी गरेका हुन् ।
