सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते
1 min read

सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते

दाङ, ५ चैत । सल्यानमा जन्ती बोकेको गाडी दुर्घटनामा हुँदा १८ जना घाइते भएका छन् ।

बनगाड कुपिण्डे नगरपालिकाको वडा नं. ८ थारादेखि कालिमाटी गाउँपालिकाको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको गाडी दुर्घटना भएको कुपिन्डे नगरपालिकाका प्रमुख कर्ण बहादुर बुढाथोकीले बताए ।

उनका अनुसार गाडी बनगाड कुपिन्डे नगरपालिका वडा नं. १० धाइरेमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते मध्ये तीन जनाको अबस्था गम्भीर रहेको छ । गम्भीर घाइते तीन जनाको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ ।

अन्य १५ जनाको भने सुर्खेतको मेहलकुना पठाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *