त्रिसिद्देश्वरि राप्ति यातायात सेवा प्रा.लि.को साधारणसभा तथा अधिबेशनको तयारी तिब्र
त्रिसिद्देश्वरि राप्ति यातायात सेवा प्रा.लि.को आसन्न चौथो साधारणसभा तथा दोस्रो अधिबेशनको तयारी र ब्यबसायिहरुका बिबिध समस्याका बारेमा आज प्रधान कार्यालय तुलसिपुरमा वृहत रुपमा छलफल गरिएको छ ।

प्रा.लि.का अध्यक्ष शुरेस हमाल ज्यु को अध्यक्षतामा भएको छलफलमा ब्यबसायिहरुले यात्रुहरुको माग र चाहना बमोजिम गाडि सञ्चालन गर्नुपर्ने बताएका थिए। लामो रुटमा चल्ने गाडिहरुलाई ठिक समयमा गन्तत्व पुर्याउनु पर्ने गुणस्तरिय खानाको ब्यबस्थापन गर्न निर्देशन समेत दिईएको छ ।ब्यबसायिहरुले दाङबाट स्तरिय सेवा प्रबाह गर्न आफुहरु लागि परेको भन्दै माघ अन्तिमबाट AC बसहरु सञ्चालन गरिने पनि प्रशासनिक सचिब प्रकाश भट्टले जानकारी दिनुभयो । साधारणसभा सम्पन्न गर्न सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्दता समेत ब्यबसायिहरुले जनाएका छन । प्रा.लि.को यहि फागुन १२ र १३ गते तुलसीपुरमा चौथो साधारणसभा एवम अधिबेशन हुदै छ ।उत्त यातायात प्रा. ली ले १० लाखको दुर्घटना बिमा देखि पचास हजार देखि ३ लाख सम्मको उपचार खर्च दिँदै आएको छ

