सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै संघर्ष गर्ने विप्लवको निर्णय
1 min read

सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै संघर्ष गर्ने विप्लवको निर्णय

दाङ,
२५-माघ/ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै संघर्ष गर्ने निर्णय गरेको छ । हालै कपिलवस्तुमा सम्पन्न केन्द्रीय समितिको तेश्रो पूर्ण बैठकको निर्णयका बारेमा जानकारी गराउन बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपाले ४० जना नेता तथा कार्यकर्ता अझै पनि जेलमा रहेको, सर्यौ मुद्धाहरु खारेज नभएको र सरकारले गरेको सहमति कार्यन्वयन नगरेको भन्दै संघर्ष गर्ने जनाएको हो ।

त्यस्तै आगामी दिनमा राष्ट्रिय स्वाधीनताका साथै जनताको राजनैतिक एवं आर्थिक अधिकार र जनजिविकाका क्षेत्रमा संघर्ष गर्ने नेकपाले जनाएको छ । महंगी र चर्को व्याजदरविरुद्ध फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने नेकपाले जनाएको छ । बैठकले बिचार मिल्नेसंग एकता गर्ने, मुद्धा मिल्नेसंग संयुक्त मोर्चा र कार्यगत एकता गर्ने निर्णय गरेको नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले जानकारी दिए ।

क्रान्तिकारी कम्युनिष्ट आन्दोलन, वैज्ञानिक समाजवादी सत्ताका लागि एकता अभियान अघि बढाउन लागिएको विप्लवले बताए । अहिले विश्वमा नै पूँजीवादी राजनीति असफल भइसकेको अवस्थामा वैज्ञानिक समाजवादको आवश्यकता महशुस हुँदै गएको उनले बताए । उनले अहिलेको व्यवस्थाले मुलुकलाई असफलतातर्फ लगिरहेको भन्दै नेपाली जनताले एकदिन व्यवस्था नै परिवर्तन गर्ने दावी गरे । नेकपाले जनआधारित पार्टी र जनआधारित नेता कार्यकर्ता भन्ने नीति पारित गरेको छ भने आर्थिक क्षेत्रमा महाधिवेशनले संश्लेषण गरेको एकीकृत स्वामित्व प्रणालीमा आधारित भएर आत्मनिर्भर उत्पादन र राष्ट्रिय उद्योथी व्यवसायीहरुसंगको सहकार्यलाई लागू गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *