आज शिवरात्रि मनाइँदै, देशैभरका शिवालयमा भक्तजनको भीड
1 min read

आज शिवरात्रि मनाइँदै, देशैभरका शिवालयमा भक्तजनको भीड

हिन्दुहरुको प्रमुख चाड महाशिवरात्रि अथवा शिवरात्री पनि हो । विशेषगरी यो भगवानशिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामवाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको पि्रय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी ” ऊँ नमः शिवाय” मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ ।

आज देशभरका सयौ धार्मीक स्थल मा ठुलो मेला लाग्ने गर्दछ । दाङको पाण्डबेस्वर मन्दिर धारपानी ,शीब मन्दीर सीतालपुर लगायत अन्य ठाउमा ठुलो मेला लाग्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *