भीर मौरीको टोकाईबाट तीन जना घाइते
तुलसीपुरमा भीर मौरीको टोकाईबाट तीन जना घाइते भएका छन् । सोमबार दिउँसो करिब ४ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ गणेशपुर पार्कमा घुम्न गएका उनीहरुलाई जंगली भीर मौरीले टोकेको थियो ।
घाइते हुनेमा तुलसीपुर ७ का ५८ वर्षीय प्रेम बहादुर बिक, २९ वर्षीय छबेन्द्र विक र ३० वर्षीय मोहन लाल बिक रहेका छन् । घाइतेहरुको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको र उनीहरुको अवस्था मध्यम रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिए ।
