अनलाईन टि भि पत्रकार संघ दाङ शाखाको पहलमा टीका सानुले गरीन सहयोग ।
अनलाईन टि भि पत्रकार संघ नेपाल दाङ शाखाको पहलमा लोक तथा दोहोरी गायिका टीका सानुले दाङका विभिन्न ठाउँका गरिव दुखी र बिपन्न परिवारलाई आर्थिक सहयोग गरेकी छिन ।

अनलाईन टि भि पत्रकार संघ नेपाल दाङ शाखाको अध्यक्ष एच. आर. मगर, सचीव भिम वलि र सदस्यहरु ठाकुर के सि र प्रसान्त पौडेल संगै गायिका सानुले दाङ तुलसीपुर १६ का चन्द्रलाल बि कको परिवारलाई २ लाख ५९ हजार, तुलसीपुर ६ मा कोठा भाडामा बस्दै आएकी तिला न्यौपानेलाई छोराको उपचारको लागी ७५ हजार, तुलसीपुर ४ रक्षाचौरका दृष्टिविहिन रुपा गन्धर्व को परिवारलाई २० हजार, शान्तिनगर गाउँपालिका हाल तुलसीपुर ५ रानिजरुवा कोठा भाडामा बस्दै आएकी दुवै मृगौला फेल भएकि हरिकुमारी बि क लाई ५ हजार र घोराहीका २४ वर्षीय दुवै मृगौला फेल भएका दल सिंह बुढा मगरलाई ५ हजार आर्थिक सहयोग गरेकी हुन ।

नेपाली गित संगित क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी टीका सानू पछिल्लो समयमा सामाजिक कार्यमा पनि निकै अग्रसर देखिन्छिन । हाल घोराहीमा सन्चालन भैराखेको लुम्बिनी प्रदेश स्तरीय घरेलु उद्योग तथा कृषि प्रदर्शनी महोत्सवमा आएको अबसरमा दाङका बिपन्न परिवारलाई आफ्नो पहलमा सहयोग गर्न पाउँदा आफू निकै खुशी भएको गायिका सानू बताउछिन ।

त्यसै गरि आफुलाई विश्वास गरेर सहयोग पठाउनु हुने हाल क्यान्डामा बस्दै आईराख्नु भएकी समाजसेवी सन्जु के सिको टिम लाई धन्यवाद दिदै आफु दाङमा आउदा हरेक सामाजिक कार्यमा सहकार्य गर्ने एच. आर. मगर लगायत अनलाइन टि भि पत्रकार संघ नेपाल दाङ शाखा प्रती पनि विशेष धन्यवाद समेत व्यक्त गरेकी छिन ।
