अञ्जली अधिकारी भन्छिन् बरु चप्पल पड्काएर हिंड्ने क्यारेक्टर होस् तर चुइँगम पड्काएर हिंड्ने क्यारेक्टर नहोस्
काठमाडौं । चार वर्षअघि रिलिज भएको प्रकाश सपुतको गीत ‘बोल माया’ले मोडल अञ्जली अधिकारीलाई एकाएक चर्चामा ल्यायो । अन्य केही हिट म्युजिक भिडियोमा पनि उनले काम गरेकी छन् । यतिबेला उनलाई फिल्म खेल्नको लागि अफरहरु आइरहेका छन् । तर फिल्ममा साइन गरेकी छैनन् ।
हालैको एक कुराकानीमा उनले आफूलाई चार-पाँचवटा फिल्मबाट अफर आइरहेको र पात्रबारे चित्त नबुझेको बताइन् । शंकर बीसीदेखि गोपीकृष्ण मुभिजले समेत आफूलाई अफर गरेको उनले खुलाएकी छिन् । तर कुनै प्रस्ताव पनि उनलाई चित्त बुझेन । किन त ? अञ्जलीको तर्क छ, ‘मलाई बरु चप्पल पड्काएर हिंड्ने क्यारेक्टर होस् तर चुइँगम पड्काएर हिंड्ने क्यारेक्टर नहोस् भन्ने लाग्छ ।’
तर आफूलाई आएका प्रस्तावहरु चुइँगम पड्काउने टाइपका भएको उनको तर्क छ । ‘मलाई न्याचुरल चीज मन पर्छ । फिल्ममा कहानी नै भएपनि, मलाई सुहाउने होस् । रमाइलो, डान्स, स्याड र कमेडी जस्तो भएपनि हुन्छ तर छोटो-छोटो कपडा लगाएर चुइँगम पड्काउने चाहिं नहोस् क्या ।’
श्रोत अनलाइन खबर
