तिलक ओलीको “पुतली भुरुभुरु” बजारमा
हिन्दु नारिहरुको महान चाड तीज नजिक गर्दा तीज गीत हरु पनि बजारमा घेरै आउन थालेका छन् । यहि बीचमा भर्खरै मात्र “पुतली भुरु भुरु” गीत बजारमा आएको छ
भूपू मायाको सम्झनामा अमेरिकामा बस्दै आएका तिलक ओलीले यो गीतलाई कोरेका छन् भने लय पनि आफैले बनाएका छन् चर्चित गाएक पशुपति शर्मा र सुनिता मगरको स्वर रहेको गेतलाई एरेन्ज भने बिनोद बाजुरालीले गरका हुन् । स्टुडियो मालश्रीमा रेकड भएको गीतलाई सागर बाजुराली र गोबिन्द पराजुलीले रेकडिङ्ग र खडक बाजुरालिले मिक्सिङ्ग गरेका छन् ।
निशान बानियाको निर्देसन,प्रकाश खड्काको क्यामरा बाट तयार भएको भिडियोलाई सुजन कोइरालाले सम्पादन गरेका छन् भने अमर सुनारको कोरियोग्राफी र रोनिसा अधिकारीको मेकअप रहेको छ ।
भिडियोमा चिरन्जिबी डागी र रेनुका खड्काको दमदार डान्स रहेको छ भने तिलक ओली को अफिसियल युटुब च्यानल बाट बजारमा आएको छ ।