1 min read

एक दमम्पत्तीले गरे आश्रममा सात्विक भोजन

दाङ, ३० असोज । तुलसीपुर उपमहानगरपालिकाका मेयरका छोराको बिहेमा न जन्ति थिए न त घरमा भोज थियो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काका कान्छा छोरा अनिल खड्काले तुलसीपुर १८ निवासी ज्ञानु घर्तीसँग असोज २८ गते सामान्य तरिकाले विवाह गर्नुभयो ।

अनिल खड्काकी आमा झुमाकुमारी वली गाउँकै विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ । वली भन्नुहुन्छ –मेयरको छोराको बिहे निकै तामझाम,भोज भतेर हुन्छ होला भनेर धेरैले सोच्नु भएको थियो होला तर हामीले सामान्य तरिकाले विवाह सम्पन्न गरेका छौँ, परिवर्तन हामीबाटै गर्नुपर्छ भन्ने तर व्यवहारमा उर्तान धेरैलाई सकस परिरहेका बखत हामीले सहजै तरिकाले सम्पन्न गर्यौं ।

अनिल र ज्ञानुले असोज २९ गतेका दिन तुलसीपुर ६ गाइडरमा रहेको मानव सेवा आश्रममा  परिवारकै बीचमा सात्विक भोजन कार्यक्रम सम्पन्न गर्नुभएको छ । अनिल खड्काले भन्नुभयो – अनावश्यक खर्च गर्नुहुँदैन भन्ने बुवा आमाको सदैव प्रेरणा हुँदै आएको छ,विवाहमा हुने खर्चलाई कम गरेर थोरै भएपनि मानवीय सेवामा समर्पण गर्यौं ।

मातृदेवोः भवको भावलाई शिरोधार्य गर्दै अनिल खड्काकी आमा झुमाकुमारी वलीको अध्यक्षता एवम राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा भन्नुहुन्छ –नेताले भाषण गर्छन तर व्यवहारमा उर्तादैनन् भन्ने जनगुनासो छ तर त्यसलाई नगरप्रमुखको परिवारले तोड्नु भएको छ,सामान्य तरिकाले छोरा बुहारीको विवाह सम्पन्न गर्नुभएको छ । उहाँ भन्नुहुन्छ  समाज अब बोलि हैन व्यवहारले परिवर्तन गर्नुपर्छ । विश्वकर्माले भन्नुभयो – सादगी नेताकारुपमा परिचित हुनुहुन्छ त्यसलाई व्यवहारमा उर्तानु भएको छ ।

नगरप्रमुख टीकाराम खड्काले समाज परिवर्तन आफैँबाट गरौँ भन्ने भावना हिजो पनि भएको र आफूले पनि सामान्यरुपमै विवाह सम्पन्न गरेको बताउनुभयो । उहाँले छोराले विवाह गरेर ल्याएपछि बुहारी नभई आफ्नो घरमा छोरी आएको बताउनुभयो ।

अनिल खड्काका दाजु शुसील खड्काले समाज नेतृत्वबाटै धेरै कुराको सिकाई हुने भएकाले भाइ बुहारीको विवाह सामान्य तरिकाले सम्पन्न गरेको बताउनुभयो ।

मानव सेवा आश्रमका हिरु जोशीले विवाहित जोडीलाई बधाई ज्ञापन गर्दै शुभकार्यमा मानव सेवामा सर्पपित भएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *