
सुरक्षा समितिका संयोजक मञ्जित बाँठाले दिए राजीनामा
तुलसीपुर, १ फागुन ।
तुलसीपुरमा विहीबारदेखि सुरु भएको महोत्सवको सुरक्षा समितिका संयोजक मञ्जित बाँठाले राजीनामा दिएका छन् । महोत्सव जस्तो सम्बेदनशील विषयमा मुल आयोजक समितिले कुनै चासो नदिएकाले राजीनामा दिएको उनले बताए । महोत्सवमा सुरक्षा मजवुत हुनुपर्छ । तर, त्यसमा मुल समितिले कुनै चासो नदिएको उनको आरोप छ ।

महोत्सवमा सुरक्षामा अलिकति पनि कमजोरी भएमा त्यसले ठूलो असर गर्न सक्ने भन्दै यसलाई ख्याल नै नगर्दा राजीनामा दिन बाध्य भएको उनको भनाई छ । पटक–पटक यो विषयलाई गम्भीर रुपमा लिन मुल समितिलाई आग्रह गरेको भएपनि त्यसमा चासो नदिएको उनको भनाई छ । महोत्सवको सुरक्षाकालागि कुनै बजेट पनि ब्यबस्था नगरेको, सुरक्षा रणनीतिक योजना पनि नबनाएको उनको भनाई छ । मुल समितिले स्थानीय प्रहरी प्रशासनसंग समेत कुनै समन्वय नगरेको, स्वयंसेवक परिचालनमा समेत चासो नदिएको उपाध्यक्ष समेत रहेका बाँठाले बताए ।बाँठालाई मुल समितिले केही समय अघि मात्रै सुरक्षा समितिको जिम्मेवारी दिएको थियो । उनले यस अघि आफै पनि यस्ता महोत्सव सञ्चालन गर्दै आएका ब्यक्ती हुन् । उनी महोत्सव सञ्चालनका सन्दर्भमा अनुभवी ब्यक्ती हुन् ।