
मज्गैमा स्थित एक सुन पसल चोरी
दाङ, ७ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका १७ मज्गैमा स्थित एक सुन पसल चोरी भएको छ । सोही ठाउँ निवासी पदम बिकले सञ्चालन गर्दै आएको बिजु सुन चाँदी पसलमा गए राती चोरी भएको हो । १२ आनाको दुई जोडी बाला , एक तोला दस आनाको सुनको सिक्री दुई थान , २४ आनाको २४ पिस सुनको चन्द्रमा , २० तोलाको चाँदीको सिक्री १५ थान र नगद पाँच हजार गरि जम्मा १२ लाख ५२ हजार मूल्य बराबरको सुन , चाँदी र नगद चोरी भएको छ ।

उद्योगको दक्षिणी ढोका फोडेर चोरी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिएका छन । पसलको स्थलगत निरीक्षण गरि घटना विवरणको सङ्कलन सहित चोरीको अनुसन्धान भइरहेको उनले बताए । चोरी अनुसन्धान सहित चोरीमा संलग्न व्यक्तिको खोजी जारी राखिएको छ ।