बालेन्द्र शाह नेतृत्वको सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री
1 min read

बालेन्द्र शाह नेतृत्वको सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री

काठमाडौं, जेठ २६ ।
सम्पत्ति विवादका कारण गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त भएका छन्। सरकारद्वारा गठित छानबिन समितिले गुरुङमाथि लगाइएका आरोप पुष्टि हुने आधार नभेटिएको निष्कर्ष दिएपछि उनी पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्किएका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा गुरुङलाई पुनः गृहमन्त्री बनाइएको हो। उनको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा तय गरेको थियो।

यसअघि सम्पत्ति विवरण र व्यापारिक साझेदारीसम्बन्धी विवाद सार्वजनिक भएपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले घटनाबारे छानबिन गर्न विशेष समिति गठन गरेको थियो। समितिको प्रतिवेदनपछि उनीमाथिका आरोप पुष्टि नभएको निष्कर्ष निकालिएको छ।

गुरुङको पुनरागमनसँगै बालेन सरकारको गृह प्रशासन फेरि चर्चाको केन्द्रमा आएको छ। राजीनामा, छानबिन र पुनर्नियुक्तिसम्मको घटनाक्रमले राजनीतिक वृत्तमा नयाँ बहस सुरु गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *